राजनीति

पदाधिकारी थपेर व्यवस्थापन हुने देखिएको छ : विष्ट

By खबरहब

November 26, 2021

चितवन– नेकपा एमालेका नेता गोकर्ण विष्टले १०औं महाधिवेशन एकताको महाधिवेशन हुने बताएका छन्। केन्द्रीय समितिको बैठक बस्ने भनिएको जंगल क्राउन रिसोर्टमा सञ्चारकर्मीसँग कुरा गरदै उनले उक्त कुरा बताएका हुन् ।

‘सँधै भाडभेलो नगरौं । मेरो ब्रह्मले पदाधिकारी थपेर एकताको महाधिवेशन हुन्छ भन्ने देखेको छ,’ उनले भने ।

फरक प्रसंगमा बोल्दै नेता विष्टले माधवकुमार नेपालले एमालेमै रहेको चुनाव लडेको भए हुने प्रतिक्रिया जनाएका छन् । उनले नेता नेपाललाई कुण्ठाले सानो पार्टीको अध्यक्ष भएको बताएका छन् ।

यस्तै नेता विष्टले आफ्नो कुनै पदमा दाबी नरहेको बताएका छन् ।