क्रिकेट

श्रीलंकाविरुद्ध जित्नै पर्ने दबावमा नेपाल

By खबरहब

December 26, 2021

काठमाडौँ – एसीसी यू–१९ एसिया कपअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले आज आइतबार श्रीलंकाविरुद्ध खेल्दैछ ।

सेमिफाइनलामा स्थान बनाउन जित्नै पर्ने दबाबबीच नेपालले बिहान सवा ११ बजे सारजाहमा श्रीलंकाको चुनौती सामना गर्नेछ ।

पहिलो खेलमा नेपाल बंगलादेशसग १५४ रनले पराजित भएको थियो । श्रीलंकाले भने पहिलो खेलमा कुवेतलाई २७४ रनले पराजित गरेको थियो ।

नेपालको युवा टोलीले श्रीलंकासँग हालसम्म ५ पटक खेलेको छ । २००८ यता २०१९ सम्म आईपुग्दा पाँचै खेलमा श्रीलकाले नेपाललाई पराजित गरेको छ ।

जारी प्रतियोगितामा समूह ‘बी ’मा दुई खेलमा शत प्रतिशत नतिजा ल्याएको बंगलादेश चार अंकसहित शीर्ष स्थानमा छ । एक खेलमा दुई अंक बटुलेको श्रीलंका दोस्रो स्थानमा छ । एक खेल खेलेको कुवेत र दुई खेल खेलेको नेपालले अंक खाता खोलेका छैनन् ।

दुवै समूहबाट शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन् । त्यसैले सेमिफाइनल प्रवेशको सम्भावना जीवित राख्न नेपाललाई श्रीलंकाविरुद्ध जितको विकल्प छैन ।

समूहको अन्तिम खेलमा नेपालले मंगलबार कुवेतको सामना गर्नेछ ।