राजनीति

माओवादी महाधिवेशनमा एमाले अध्यक्ष ओली सहभागी नहुने

By खबरहब

December 26, 2021

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशनको उद्घाटन सत्रमा सहभागी नहुने भएका छन् ।

‘माओवादीको महाधिवेशनमा अध्यक्षज्यू सहभागी हुनहुन्न,’ओलीका प्रेस सहयोगी रामशरण बजगाईंले भने । ओली पूर्वनिर्धारित कार्यक्रममा सहभागी हुन शनिबार गृहजिल्ला झापा पुगेका छन् ।

उनका अनुसार अखिलको सचिवालय बैठकदेखि स्वास्थ्य शिविरसम्म ओली सहभागी हुने कार्यक्रम छ । शनिबार झापा गएका ओलीले सोमबार वा मंगलबार मात्र काठमाडौं फर्कने बजगाईंले जानकारी दिए ।

यसअघि एमालेको महाधिवेशनमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि सहभागी भएका थिएनन् ।

माओवादीले प्रथम राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा रुपान्तरण गरेपछि विभिन्न राजनीतिक दलका शीर्षनेताहरूलाई शुभकामना दिन आमन्त्रण गरिएको छ ।