राजनीति

माओवादी केन्द्रको महाधिवेशन : देउवा-दाहाल-नेपालसहितका नेता एकै मञ्चमा

By खबरहब

December 26, 2021

काठमाडौँ- नेकपा माओवादी केन्द्रको आठौं अधिवेशन काठमाडौंमा आइतबार शुरु भएको छ ।

सो महाधिवेशनको विशेष अतिथिका रुपमा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल सहभागी भएका छन् ।

सो कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव, राप्रपा महामन्त्री कुन्तीसहितका नेताहरू महाधिवेशनस्थल प्रज्ञा भवनमा छन् ।

आइतबारबाट सुरु भएको महाधिवेशन बिहीबारसम्म चल्ने माओवादीले जनाएको छ ।