राजनीति

अनेरास्ववियुको राष्ट्रिय महाधिवेशन चैत २२ मा

By खबरहब

December 26, 2021

काठमाडौँ– नेकपा एमाले निकटको विद्यार्थी संगठन अनेरास्ववियुको केन्द्रीय सचिवालय बैठक सकिएको छ ।

पुस १० र ११ गते एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्लामा झापाको बिर्तामोडमा भएको बैठकले फागुन ७ गते विधान महाधिवेशन र चैत २२ देखि २४ सम्म २३ औं राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको हो ।

यसअघि बुधबार बसेको अनेरास्ववियु केन्द्रीय पदाधिकारीको बैठकले पुस १५ देखि २२ सम्म जिल्ला अधिवेशन गर्ने, पुस २५ देखि माघ २ गतेभित्र विश्वविद्यालय राष्ट्रिय कमिटी सम्मेलन गर्ने र पुस १३ देखि माघ २ गतेसम्म सम्पर्क कमिटी सम्मेलन गर्ने निर्णय गरेको गरेको थियो ।