फाइल तस्वीर

राजनीति

सत्तारुढ एमालेको अवरोधपछि गण्डकी प्रदेशसभा बैठक स्थगित

By खबरहब

April 27, 2021

पोखरा– सत्तारुढ दल नेकपा एमालेको अवरोधपछि गण्डकी प्रदेशसभाको बैठक २० मिनेटका लागि स्थगित भएको छ ।

प्रदेश सरकारविरुद्धको अविश्वास प्रस्तावमाथि मतदान गर्न बोलाइएको बैठकमा एमाले प्रदेशसभा सदस्य राजीव पहारीले कोरोना महामारीका कारण बैठक सञ्चालन गर्न नहुने माग गर्दै बैठकमा अवरोध गरेका हुन् ।

उनले कोरोनाका कारण सरकारले २५ जनाभन्दा बढि भेला हुन नपाउने निर्देशनात्मक आदेश जारी गरिसकेको अबस्थामा प्रदेशसभामा सांसदसहित २ सयभन्ढा बढि सहभागी भएको भन्दै सभा सञ्चालन नगर्न माग गरे ।

उनले प्रदेशसभा सदस्यहरुको कोरोना परीक्षण नगरी बैठक सञ्चालन गर्न नहुने भनाइ राखेपछि एमाले सांसदहरुले उठेर विरोध गरेका छन् ।

एमाले सांसदहरुको विरोधपछि गण्डकी प्रदेशसभाको बैठक सभामुख नेत्रनाथ अधिकारीले बैठक २० मिनेटका लागि स्थगित भएको घोषणा गरेका हुन् ।