ईपिलिपी जातको १८ थान अवैध काठको गोलियासहित २ जना पक्राउ

By खबरहब

July 27, 2021

दाङ– दाङको लमही नगरपालिका वडा नं. २ राजपुरघाटबाट अवैध काठ ईपिलिपी जातको १८ थान गोलियासहित दुई जना पक्राउ परेका छन् ।

सोमबार अपराह्न रा. १ त. ४०७३ नं. को ट्याक्टरमा अवैध रुपमा काठ ओसार-पसार गरी रहेको अवस्थामा अस्थाई प्रहरी पोष्ट नर्ती दाङबाट खटिएको प्रहरी गस्ति टोलीले उक्त परिमाणको अवैध काठसहित दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा दाङ लमही नगरपालिका वडा नं. ३ मजगाँउ बस्ने २५ वर्षीय ज्ञान बहादुर चौधरी र सोही नगरपालिकाको वडा नं. २ फल्कापुर बस्ने २१ वर्षीय किसन चौधरी रहेका छन् ।

ट्याक्टर र उनीहरूलाई नियन्त्रमा लिई अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।