रोचक/विचित्र संसार

चरासँग सिंहको प्रेम !

By खबरहब

August 27, 2021

हरेक मानिसमा मानवता हुन आवश्यक छ । दयालु र करुणाको भावले नै मानिसलाई महान बनाउँछ । यो भाव केवल मानिसमा मात्र नभई जनावरमा समेत रहन्छ । तर के सिंह, बाघ, चितुवा जस्ता हिंस्रक जनावरमा अन्य जनावर प्रति करुणा वा दया भाव हुन्छ होला ?

सामाजिक सञ्जालमा भाइरल एक भिडियोमा एक सिंहले एक चरा प्रति देखाएको व्यवहार निकै चर्चामा छ । खासमा भिडियोमा एक तलाउमा एउटा चरा पानीमा तैरीरहेको हुन्छ । चरा पानीबाट निस्कन प्रयाश गर्दछ । तर असफल हुन्छ । यस्तोमा पानीको छेउमा सिंह आइपुग्छ ।

सिंहले चरालाई खतरामा रहेको देखेपछि उसलाई बाहिर निकाल्न पञ्जा अघि बढाउँछ । तर सिंहको सहयोगलाई नबुझेको चरा उबाट बच्ने प्रयाश गर्दछ । तर सिंहले झनै उसलाई बचाउन त खोज्छ तर यसकालागि उसले चरालाई पानीमा नै धकेल्छ । केवल १२ सेकेण्डको भिडियोमा चरा बाहिर निस्कन भने पाएको देखिदैन ।