फाइल फोटो

समाचार

विश्वभर दैनिक थपिने भन्दा कोरोनामुक्त हुनेको संख्या धेरै

By खबरहब

September 27, 2021

काठमाडौँ-विश्वभर पछिल्लो २४ घण्टामा ३ लाख २२ हजार ७१६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ओल्डोमिटरको पछिल्लो विवरणअुनसार यहि अवधिमा ३ लाख ३५ हजार ७८२ जना संक्रमणमुक्त हुँदा ४ हजार ८९४ जना संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रुसका ८०५, अमेरिकामा २५९, भारतमा २७७, टर्कीमा २२८ जना रहेका छन् । त्यसैगरी इरानमा २८८, ब्राजिलमा २३८, बेलायतमा ५८ जनाको मृत्यु भएको छ ।

दैनिक थपिने संख्या अमेरिकमा २४ हजार ३४३, भारतमा २७ हजार २२, ब्राजिलमा ८ हजार ६६८ र बेलायतमा ३२ हजार ४१७ जना रहेको छ । यस्तै रुसमा २२ हजार ४९८, टर्कीमा २५ हजार ८६१, इरानमा १३ हजार ७९२ जना थपिएका छन् ।

कोरानामुक्त हुनेमा अमेरिकामा २४ हजार २१७, भारतमा २९ हजार ६५८, ब्राजिलमा ६ हजार ४६५ जना र बेलायतमा २६ हजार ४३५ जना रहेका छन् । यस्तै रुसमा १३ हजार ६७१, टर्कीमा २४ हजार ८७५ र इरानमा २३ हजार १०९ जना निको भएका छन् ।

यससँगै हालसम्म निको हुनेको संख्या २० करोड ९१ लाख ९७ हजार ६८६ पुगेको छ ।  कुल मृतकको संख्या ४७ लाख ६१ हजार ५२४ जना छ । कुल संक्रमितको संख्या २३ करोड २५ लाख ७६ हजार ६८१ जना छ ।