क्रिकेट

कोलकातालाई हराउँदै चेन्नइ आईपीएलको शीर्ष स्थानमा

By खबरहब

September 27, 2021

काठमाडौँ- आईपीएल टी-ट्वान्टी क्रिकेटमा कोलकाता नाइट राइडर्सलाई हराउँदै चेन्नइ सुपर किङ्स शीर्ष स्थानमा उक्लिएको छ ।

अबुधाबीमा आइतबार राति सम्पन्न खेलमा चेन्नइले कोलकातालाई २ विकेटले हराएको हो ।

कोलकाताले दिएको १ सय ७२ रनको लक्ष्य चेन्नइले २० ओभरमा ८ विकेट गुमाएर पूरा गर्‍यो ।

जितसँगै शीर्ष स्थानमा उक्लिएको चेन्नइको १० खेलमा १६ अंक भएको छ । कोलकाता ८ अंक जोडेर चौथो स्थानमा छ ।