क्रिकेट

ईपीएल क्रिकटमा आज पनि दुई खेल

By खबरहब

September 27, 2021

काठमाडौँ- एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेटमा आज पनि दुई खेल हुँदैछन् ।

त्रिवि क्रिकेट मैदानमा बिहान ९:३० बजे शुरू हुने पहिलो खेलमा काठमाडौँ किङ्स-११ र विराटनगर वारिवर्स भिड्ने छन्

पहिलो खेलमा साविक विजेता ललितपुर प्याट्रीयट्सलाई हराएको सन्दीप लामिछानेको कप्तानीमा रहेको काठमाडौं लगातार दोस्रो जित निकाल्ने योजनामा छ ।

करण केसीको कप्तानीमा मैदान उत्रने विराटनगर भने पहिलो जित निकाल्न चाहन्छ । पहिलो खेलमा विराटनगर चितवन टाइगर्ससँग पराजित भएको थियो ।

दिउँसो १:३० बजे सुरु दोस्रो खेलमा भैरहवा ग्लाडीयटर्स र चितवन टाइगर्स खेल्दैछन् ।

शरद भेषवाकरको कप्तानीमा मैदान उत्रने भैरहवा पहिलो जित निकाल्न चाहन्छ । वर्षाको कारण पहिलो खेलमा भैरहवाले पोखरा राइनोजसँग अंक बाडेको थियो  ।

चितवन लगातार दोस्रो जित निकाल्न चाहन्छ । चितवनले पहिलो खेलमा विराटनगरलाई हराएको थियो ।