खेलकुद

प्रिमियर लिगमा आर्सनल विजयी

By खबरहब

September 27, 2021

काठमाडौँ- इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनल बिजयी भएको छ ।

आइतबार राति भएको खेलमा आर्सनलले टोटेनहमलाई ३-१ गोलले हराएको हो ।

आर्सनलको जिताउन इमिल स्मिथ, पिएरे एम्रिक औबामियाङ र बुकायो साकाले एक एक गोल गरे । टोटेनहमका सन ह्युङ मिनले एक गोल फर्काए ।

जितसँगै आर्सनल ६ खेलमा ९ अंक जोड्दै १०औँ स्थानमा रहेको छ । ९ अंक जोडेको टोटेनहम ११औँ स्थानमा छ ।