राजनीति

राष्ट्रियसभाको बैठक सुरू  (live)

By खबरहब

September 27, 2021

काठमाडौँ – राष्ट्रियसभा बैठक सुरू भएको छ । आज बैठकमा पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध जारी राखेको छ ।

बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक छलफल गरी पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्दैछन्।

त्यसैगरी प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, सार्वजनिक सेवा प्रसारण विधेयक, अभिलेख संरक्षण पहिलो संशोधन विधेयक र सुरक्षण मुद्रणसम्बन्धी विधेयक दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

विधायन व्यवस्थापन समितिका सभापति परशुराम मेघी गुरुङले अध्यागनम विधेयक २०७६ सम्बन्धी समितिको प्रतिवेदन सभा समक्ष पेश गर्ने सचिवालयले बताएको छ ।