मनोरञ्जन

‘इएफए स्टान्डअप’मा जोडिए मनीष

By खबरहब

September 27, 2021

काठमाडौं– रिलिजको तयारी भइरहँदा कोभिडका कारण प्रदर्शन रोकिएको फिल्म ‘प्रेम गीत ३’बाट अभिनय यात्रा शुरु गरेका मनीष राउत स्टान्डअप शो ‘इएफए स्टान्डअप’मा जोडिएका छन् । विभिन्न ब्रान्डसँग आबद्ध राउत ब्राण्ड एम्बासडर रहेको क्लोथिङ ब्राण्ड डक्टर डेनिमले मनीषको शोलाई मुख्य प्रायोजन गरेको छ ।

काठमाडौको नयाँ बानेश्वरमा रहेको एभरेष्ट फिल्म एकेडमीले उक्त शोको निर्माण गरेको हो । शोमा मनीषकै निर्देशन छ । शोमा एउटा कलाकारलाई विभिन्न चरित्रमा देख्न पाइने उनले बताए । शोका केहि श्रृंखला सार्वजनिक गरिएको छ ।

इएफए इन्टरटेन्मेन्ट नामक यूट्युब च्यानलबाट साप्ताहिक रुपमा यो श्रृंखला आउने मनीषले बताए । शोमा एभरेष्ट फिल्म एकेडेमीमा अध्ययनरत विद्यार्थीहरुकै सहभागिता रहने जनाइएको छ ।

छायांकार गौरीशंकर धुजुको डिओपी रहेको शोमा सौरभ पोखरेल, रन्जन कक्षपति र विकास सिटौलाले क्यामेरा चलाईरहेका छन् । विशाल श्रेष्ठ र जोस्चल राजभण्डारी सम्पादक रहेको शोका निर्माता विशाल श्रेष्ठ र जोस्चल राजभण्डारी हुन् ।