फाइल फोटो

राजनीति

माओवादी केन्द्रको बैठकमा मन्त्रिपरिषद्लाई पूर्णता दिनेबारे छलफल

By खबरहब

September 27, 2021

काठमाडौँ-नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक सकिएको छ ।

आज (सोमवार) बिहान पार्टी मुख्यालय पेरिसडाँडामा बसेको बैठकले मन्त्रिपरिषद्लाई पूर्णता दिन पहल गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषदलाई पूर्णता दिन देखिएको कानूनी जटिलतालाई अविलम्ब हल गरेर अगाडि बढ्न गठबन्धन बैठकमा सुझाब आएको थियो ।

स्थायी कमिटी सदस्य देव गुरुङले भने ‘मन्त्रीपरिषद् बिस्तारको कुरा ५ दलको टुंगो भएपछि हुन्छ, त्यसमा कानूनी जटिलता भएको कारणले सबै समस्यालाई पन्छाइसकेपछि मन्त्रिमण्डलको बारेमा प्रवेश गर्ने भन्ने कुरा छ ।’