अन्य

वर्ल्डलिङ्कको दशैं अफर, पुरानै मूल्यमा दोब्बर स्पिडसँगै २० हजार बराबरको उपहार

By खबरहब

September 27, 2021

काठमाडौँ– दशैंको अवसरमा देशको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिङ्कले आकर्षक अफर सार्वजनिक गरेको छ । कम्पनीले पुरानै मूल्यमा दोब्बर स्पिडको इन्टरनेट प्याकेजसहितको परिमार्जित प्याकेज ल्याएको हो ।

कम्पनीको दशैं अफरमा प्रयोगकर्ताले मासिक केवल ११ सय रुपैयाँमै ४० एमबीपीएस गतिको इन्टरनेट प्याकेज पाउनेछन् । जसमा एउटा नेटटीभी समेत निःशुल्क रुपमा उपलब्ध हुनेछ ।

यसका लागि प्रयोगकर्ताले १२ महिनाको प्याकेज लिनुपर्नेछ । यद्यपि छ महिनाको सब्सक्रिप्सन लिन चाहने ग्राहकले समेत दशैं अफरमा सहभागिता जनाउन सक्नेछन् । निकै लामो समयपछि वर्ल्डलिङ्कले ल्याएको छ महिने प्याकेजको मूल्य ७ हजार ९०० रुपैयाँ राखिएको छ । यो प्याकेज लिने ग्राहकलाई एउटा नेटटीभीसहित ४० एमबीपीएस गतिको इन्टरनेटका लागि मासिक १ हजार ३१७ रुपैयाँ पर्नेछ । त्यस्तै कम्पनीले वार्षिक सब्सक्रिप्सन लिने ग्राहकका लागि मासिक १ हजार २०० रुपैयाँमै दुई ओटा नेटटीभीसहितको ६० एमबीपीएस इन्टरनेट प्याकेज समेत ल्याएको छ । यही प्याकेज छ महिने अवधिका लागि खरिद गर्ने ग्राहकलाई भने मासिक १ हजार ४३४ रुपैयाँ पर्नेछ ।

यसअघि ४० एमबीपीएस र ५० एमबीपीएस इन्टरनेट प्याकेजको मूल्यमा क्रमशः ८० एमबीपीएस र १०० एमबीपीएसको इन्टरनेट प्याकेज लिन सकिनेछ । जसअनुसार वार्षिक प्याकेज लिँदा मासिक १ हजार ४०० रुपैयाँमै दुई ओटा नेटटीभीसहित वर्ल्डलिङ्कको ८० एमबीपीएस इन्टरनेट प्याकेज प्राप्त गर्न सकिनेछ ।

यस्तै तीन ओटा नेटटीभी सहित १०० एमबीपीएसको इन्टरनेट प्याकेजका लागि मासिक केवल १ हजार ६०० रुपैयाँ पर्नेछ ।

८० एमबीपीएस र १०० एमबीपीएस इन्टरनेट प्याकेजको छ महिने सब्सक्रिप्सनमा समेत दशैँ अफर लागु हुने कम्पनीले जनाएको छ ।

वर्ल्डलिङ्कका अनुसार दुई ओटा नेटटीभीसहित ८० एमबीपीएसको छ महिने सब्सक्रिप्सनको मूल्य १० हजार १०० रुपैयाँ र तीन ओटा नेटटीभी सहितको १०० एमबीपीएसको सोही अवधिको सब्सक्रिप्सन ११ हजार ५०० रुपैयाँमा प्राप्त हुनेछ ।

कम्पनीले कुनै पनि वार्षिक प्याकेज खरिद गर्ने ग्राहकलाई निःशुल्क जडान सहित चाडपर्व उपहारको रुपमा करिब २० हजार मूल्य पर्ने सेवा तथा सुविधा समेत उपलब्ध गराउनेछ । जसमा ग्राहकले नेटटीभी सब्स्क्रिप्सन, सेटटप बक्स, डुअल ब्यान्ड राउटर, फाइबर केबल, वाई-फाई रोमिङ र नेटटीभी प्राइम (ओटीटी) सब्स्क्रिप्सन प्राप्त हुनेछ ।

वर्ल्डलिङ्कले देशका ११ हजारभन्दा बढी स्थानमा फ्री वाई-फाई जडान गरेको छ । जसमा अन्य प्रयोगकर्ताले दैनिक ५०० एमबीसम्मको डेटा मात्र निःशुल्क रुपमा प्रयोग गर्न पाउँछन् । तर वर्ल्डलिङ्कका ग्राहकले भने त्यस्ता स्थानमा अनलिमिटेड वाइफाइको सुविधा प्रयोग गर्न सक्छन् ।

नयाँ ग्राहकसँगै वर्ल्डलिङ्कका विद्यमान प्याकेज रिन्यु गर्ने ग्राहकले समेत यो दशैं अफर प्राप्त गर्नेछन् । यस्तै हालै मात्र वर्ल्डलिङ्कले वाइफाइको समस्या समाधान गर्न नयाँ मेश वाइफाइ समेत उपलब्ध गराउन सुरु गरेको छ । जसमा नेपालकै सबैभन्दा फास्ट स्पिडको रुपमा रहेको फोटोन सिरिज ३०० एमबीपीएस इन्टरनेट वाइफाइ सेवा प्रयोग गर्न सकिन्छ ।