फाइल फोटो

राजनीति

सरकार तमसा हेरेर बसेको छ : अधिकारी

By खबरहब

September 27, 2021

काठमाडौँ– प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका नेता खगराज अधिकारीले लगातार संसदमा बिरोध हुँदा पनि सरकार तमासा हेरेर बसेको आरोप लगाएका छन् ।

सोमबार संसद् भवनमा संचारकर्मीसँग कुरा गर्दै अधिकारीले आफुलाई लोकतन्त्रवादी भन्ने कांग्रेस नेतृत्वको सरकारले संसदमा देखिएको गतिरोध अन्त्य गर्न कुनै भूमिका निर्वाह नगरेको र तमासा हेरेर बसेको आरोप लगाए ।

उनले सरकारले अहिले गैर जिम्मेवार प्रवृति देखाएको तर्क गरे । अधिकारीले अकस्मात संसद् बन्द गरी दलीय व्यवस्थालाई समाप्त गर्ने सत्ता गठबन्धनको षडयन्त्रको जारी रुप संसदमा देखिएको धारणा राखे । त्यस्तै उहाले सरकार आफ्नो नीति र सिद्धान्तमा विश्वस्त नरहेको आरोप लगाए ।

अधिकारीले बजेट अध्यादेशको प्रतिस्थापन विधेयकमा कालोधनलाई सेतो बनाउने प्रावधान राखिएको भन्दै यसले अन्तर्राष्ट्रिय कानून आकर्षित हुने र नेपाल नै कालोसूचीमा पर्ने खतरा रहेको बताए ।