पर्यटन

आर्थिक विकासका लागि पर्यटन क्षेत्र सरकारको प्राथमिकतामा : देउवा

By खबरहब

September 27, 2021

काठमाडौँ– प्रधानमन्त्री शेर बहादुर देउवाले सरकारले आर्थिक वृद्धिका लागि पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखेको बताएका छन् ।

नेपाल पर्वतारोहण संघको नागपोखरीस्थित नवनिर्मित भवनको उद्घाटन गर्दै सभापति देउवाले आर्थिक विकासका लागि पर्यटन क्षेत्रलाई सरकारले प्राथमिकतामा राखेको बताएका छन् ।

उनले पर्यटन क्षेत्रको पूर्वाधार विकास र नयाँ गन्तव्यको पहिचानका लागि सरकार सहुलियत दिन, सहजीकरण र सहकार्य गर्न तयार रहेको  बताए । कार्यक्रममा उनले पर्यटन व्यवसायीहरुलाई सम्मान गरेका थिए ।

४२ औँ विश्व पर्यटन दिवस नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी मनाइएको छ ।

दिवसका अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र मातहत निकाय तथा सरोकार संस्थाले विभिन्न कार्यक्रम गरी दिवस मनाएका हुन् ।

‘सबैका लागि पर्यटन : पहुँचयोग्य विश्वव्यापी पर्यटनको प्रवर्द्धन’ नारासहित हरेक वर्ष सेप्टेम्बर २७ मा विश्व पर्यटन दिवस मनाइन्छ ।