देश/प्रदेश

सिन्धुपाल्चोकमा सेनाको एम्बुलेन्स स्वास्थ्य शिविर

By खबरहब

September 27, 2021

काठमाडौँ– नेपाली सेनाले सिन्धुपाल्चोकमा एम्बुलेन्स स्वास्थ्य शिविर आयोजना गरेको छ । जुगल गाउँपालीका, वडा नं ३ स्थित तेम्बाथानमा गोरख गणको पहलतामा फिल्ड एम्बुलेन्सले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको सेनाले जनाएको छ।

उक्त स्वास्थ्य शिविरमा १४० जना स्थानीयको स्वास्थ्य परीक्षण गरिएको थियो । सेनाले विरामीलाई निःशुल्क औषधि वितरण पनि गरेको थियो।