सांकेतिक तस्बिर

समाचार

५१० संक्रमित आईसीयू र भेन्टिलेटरमा, कुन प्रदेशमा कति ?

By खबरहब

September 27, 2021

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५१० कोरोना संक्रमितको देशका विभिन्न आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको छ ।

मन्त्रालयको आजको तथ्यांक अनुसार देशभर हाल ३८५ कोरोना संक्रमितको आईसीयूमा र १२५ को भेन्टिलेटरमा गरी कुल ५१० जना उपचाररत छन् ।

मन्त्रालयको आजको तथ्यांक अनुसार प्रदेश १ मा ८६ जना आईसीयूमा र ४० भेन्टिलेटरमा उपचाररत छन् । यसैगरी प्रदेश २ मा २ जना आइसीयूमा र बागमती प्रदेशमा १९९ जना आईसीयूमा र ६९ जना भेन्टिलेटरमा उपचारत छन् ।

त्यस्तै गण्डकी प्रदेशमा ४६ जना आईसीयूमा र ५ जना भेन्टिलेटरमा लुम्बिनी प्रदेशमा ४१ जना आईसीयूमा र ७ जना भेन्टिलेटरमा उपचाररत छन् ।

त्यस्तै कर्णालीमा ५ जना आईसीयूमा उपचारत छन भने सुदूरपश्चिम प्रदेशमा ६ जना आईसीयू र ४ जनालाई भेन्टिलेटरमा राखेर उपचार भइररहेको मन्त्रालयले जनाएको छ ।