काठमाडौँ– पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै २१ देखि ३० उमेर समूहका व्यक्तिहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २१ देखि ३० वर्ष उमेर समूहका सबैभन्दा धेरै २५३ जनामा कोरोना पुष्टि भएको छ । यस्तो छ उमेर समूह अनुसार कोरोना संक्रमितको विवरण :
०–१० वर्ष – २०
११–२० वर्ष – ६३
२१–३० वर्ष – २५३
३१–४० वर्ष – २३८
४१–५० वर्ष – १५९
५१–६० वर्ष – १०९
६१–७० वर्ष –६४
७१–८० वर्ष – ३८
८० वर्षभन्दा माथि – २६
अज्ञात–५