आर्थिक

उद्योग वाणिज्य महासंघका अध्यक्ष गोल्छा र आइएलओका निर्देशकबीच भेटवार्ता

By खबरहब

September 27, 2021

काठमाडौँ– नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छासँग अन्तर्राष्ट्रिय श्रम सङ्गठनको यहाँस्थित नेपाल कार्यालयका निर्देशक रिचर्ड हवार्डले भेटवार्ता गरेका छन् ।

महासंघ सचिवालयमा आज भएको भेटकामा लगानी प्रवर्द्धन, रोजगारी सिर्जना, सामाजिक सुरक्षाका विषयमा छलफल भयो । उक्त अवसरमा श्रम सम्बन्ध, व्यवसाय प्रवर्द्धन र सामाजिक सुरक्षा योजनाको कार्यान्वयनलगायत विषयमा सहकार्य गरिने विषयमा कुराकानी भएको थियो ।

छलफलका क्रममा महासंघका अध्यक्ष गोल्छाले कोभिड महामारीबाट प्रभावितलाई आइसोलेशनलगायत सुविधा प्रदान गर्न आइएलओबाट प्राप्त आर्थिक सहयोगको लागि धन्यवाद ज्ञापन गरे ।

उनले महासंघले मुलुकको आर्थिक वृद्धि, रोजगारी सिर्जना र सामाजिक सुरक्षा कार्यन्वयनमा प्रतिबद्ध रहेको र सामाजिक सुरक्षाको कार्यान्वयनमा देखिएका समस्या समाधान गर्न सरकार र ट्रेड युनियनसँग छलफल गर्न तयार रहेको बताए ।