समाचार

मौसममा उल्लेखनिय प्रणाली छैन, सामान्य बदली मात्रै

By खबरहब

October 27, 2021

काठमाडौँ – आज बुधबार देशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मौसममा उल्लेखनिय प्रणाली नभएकाले देशभरको मौसम सामान्य बदली मात्रै हुनेछ।

यद्यपि, दिउँसो पहाडी भूभागमा बदली रहने र उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज राति भने पहाडी भूभागका एक-दुई स्थानमा वर्षाको सम्भावना छ ।

भोलि बिहीबार पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ ।