खेलकुद

रोहित चन्द सम्मिलित पर्सिजाको जाकर्तासँग दोस्रो हार

By खबरहब

October 27, 2021

काठमाडौँ – नेपाल राष्ट्रिय फुटबल टोलीका सदस्य रोहित चन्द सम्मिलित पर्सिजा जाकर्ताले दोस्रो हार ब्यहोरेको छ ।

मंगलबार राति भएको इन्डोनेशियन लिगा वानमा रोहित सम्मिलित जाकर्ताले पर्सिबाय सिराबयसंग १-० गोल अन्तरको हार ब्यहोरेको हो ।

पर्सिबायको जितमा जापानका खेलाडी ताईसाई मारिकायले खेलको २५ मिनेटमा निर्णायक गोल गरे । साफ उपबिजेता भएपछी माल्दिभ्सबाट सिधै जाकर्ता पुगेका रोहितको यो पहिलो खेल हो । रोहितले पूरा समय खेलेका थिए ।

बराबरीसङै पर्सिजाले ९ खेलबाट १३ अंक बनाउदै तालिकाको सातौ स्थानमा छ । इटालीयन प्रशिक्षक एन्जेलो एलेसिलोको आगमन पछि पर्सिजाले ३ खेलमा मात्रै जित निकालेको छ । ४ खेलमा बराबर खेल्दा २ खेलमा हार ब्यहोरेको छ ।