बलिउड/हलिउड

विवाहका कारण रणवीरले सारे ‘एनिमल’ सुटिङ

By खबरहब

October 27, 2021

मुम्बई(नवभारत टाइम्स)– बलिउड अभिनेता रणवीर कपूर हालका दिनमा आफ्नो निजी जीवन र व्यावसायिक जीवनका कारण चर्चामा छन् । रणवीर र उनकी प्रेमिका अभिनेत्री आलिया भट्ट अभिनित फिल्म ‘ब्रह्मास्त्र’का कारण चर्चामा छन् । यसबाहेक यो जोडी विवाहको तयारीको मामलाले पनि उत्तिकै चर्चामा छन् ।

रणवीरको फिल्म ‘ब्रह्मास्त्र’ रिलिज र उनको विवाह यसअघि नै भइसक्नुपर्ने थियो । तर कोरोना महामारीका कारण उनीहरुले फिल्म रिलिजसँगै विवाहको मिति पनि सार्दै आएका थिए । अहिले रणवीरले आफ्नो विवाहको तयारीको कारण देखाउदै फिल्म ‘एनिमल’ को सुटिङ सारेका छन् ।

रणवीर निकट स्रोतका अनुसार रणवीर र आलियाले यसै डिसेम्बरमा विवाह गर्दैछन् । रणवीरले डिसेम्बरमै फिल्म ‘एनिमल’को सुटिङ सुरु गर्नुपर्ने थियो । तर विवाहको कारण देखाउदै उनले सुटिङको काम अर्को वर्षसम्म सारेका छन् ।

यता आलियाले पनि आगामी वर्षको जनवरीसम्म कुनै पनि प्रोजेक्टमा आफ्नो समय छुट्याएकी छैनन् । रणवीर र आलियाले राजस्थानमा विवाह गर्ने सम्भावना प्रबल छ । यो विवाहमा दुवैको परिवार र निकट साथीहरुमात्र उपस्थित हुनेछन ।

विवाह पछि रणवीर र आलिया बस्ने घर कृष्णा राज बंगलाको पुननिर्माणको काम तिब्र रुपमा भइरहेको छ ।