बलिउड/हलिउड

डिसेम्बरमा विवाह गर्दै विक्की र कटरीना

By खबरहब

October 27, 2021

मुम्बई(दैनिक भास्कर)– बलिउड अभिनेता विक्की कौशल र अभिनेत्री कटरीना कैफको विवाहको खबरले केही समय यतादेखि बलिउडका मिडिया तातेका छन् । उनीहरुले अगष्ट १८ मा इन्गेजमेन्ट गर्ने खबर पनि नआएको होइन ।

अहिले भने यो जोडी बजारमा आएका हल्लालाई वास्तविकतामा परिणत गर्ने सोचमा छन् । उनीहरु चाँडै विवाह बन्धनका बाँधिने सुरसारमा छन् । यद्यपि उनीहरुले मिडियामाझ यो कुरा बोलेका छैनन् ।

स्रोतका अनुसार विक्की र कटरीनाले विवाहको तयारी सुरु गरिसकेका छन् । दुवैको विवाहको कपडा सब्यसाची डिजाइन गरिरहेका छन् । उनीहरुले कपडाको फ्रेब्रिक छनोट गरिसकेका छन् । कटरीनाले एक रो सिल्क नम्बरको लेहंगा अर्डर दिइसकेकी छन् । उनीहरुले नोभेम्बर र डिसेम्बर बीचमा विवाह गर्ने योजना बनाइरहेका छन् ।

विक्की र कटरीना आजकल प्रायः सँगै भेटिन्छन् । कैयौंपटक विक्की कटरीनाको घरमा पुगेका छन् । हालैमात्र उनीहरु ‘सरदार उधम’को स्क्रिनिङमा पुगेका थिए । त्यहाँ उनीहरुले अंकमाल गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो ।