स्वास्थ्य

शरीरलाई स्वस्थ राख्न के, कति खाने ?

By खबरहब

October 27, 2021

चिल्लो पिरो, चखिलो खाना धेरैलाई मन पर्दछ । कतिपय त माछा–मासु बिना खाना खान मान्दैनन् । कोहिकोहिले पाउँदा धेरै खाने, नहुँदा नखाने पनि गर्दछन् । खाना बारेका यी सबै बानी स्वास्थ्यका लागि हानिकारक हुन्छ ।

हामीले भोक लाग्दा तत्काल खाना उपलब्ध नभए पानी भए पनि खानुपर्दछ । यस अलावा वयस्क व्यक्तिलाई दैनिक दुई लिटर पानी आवश्यक पर्दछ । हुनत खानेकुरामा पनि पानीको मात्रा हुन्छ । तथापी थप पानी पिउनु पर्दछ । शरिरमा आवश्यकता अनुसार पानी पुगने भने बेहोस हुने, पिँडुला फर्किने, थकाइ लाग्ने, टाउको दुख्ने, झुम्म पार्नेजस्ता समस्या देखिन्छ । यस्तोका कसरी खानेकुरा खाने, कस्ता खानेकुरा खाने त ?

क) बिहान खाली पेटमा मनतातो पानी खानु पर्दछ । यसले शरीर स्वस्थ्य बनाउँछ । ख) तर एकैपटक धेरै पानी पिउनु भने हुदैँन । अन्यथा किड्नीमा असर गर्न सक्छ । ग) तौल र उचाइ अनुसार खानेकुराको ब्यालेन्स मिलाउनुपर्छ । घ) औसतमा महिलालाई १६ सयदेखि २ हजारसम्म क्यालोरी आवश्यक पर्दछ । ङ) खानामा पहेँलो र हरियो खानेकुरा बढी मात्रामा खान आवश्यक हुन्छ । च) ठोस खानेकुरा दिनमा तीन–चारपटक गरेर खानुपर्छ । छ) एकपछि अर्को खाने समय धेरै लामो पार्नु हुदैँन । ज) लामो समयसम्म पेट खाली हुदाँ ग्यास्ट्रिकको समस्या निम्तिन सक्छ । झ) पेट टम्म हुने गरी धेरै खानेकुरा पनि खानुहुँदैन । ञ) राति धेरै खाना खाँदा नपच्ने, मोटोपनको समस्या हुनेजस्ता समस्या देखिन्छ । ट) माछा–मासु खाँदा ३ देखि ५ टुक्रा मात्र खानु राम्रो हुन्छ । ठ) सकेसम्म रातो मासु नखाएकै उत्तम हुन्छ । ड) पुरुषलाई १८ सयदेखि २४ सयसम्म क्यालोरी चाहिन्छ । ढ) दैनिक खानामा हरियो सागपात, गेडागुडी, फलफूल खानु पर्दछ । ण) खानापछि चिया, कफि खानु राम्रो हुदैँन ।