जीवनशैली

यसरी शुरु गर्नुहोस् प्राणायाम

By खबरहब

October 27, 2021

व्यस्त जीवनशैली र खराब खानपानका कारण मानिस बिभिन्न रोग र संक्रमणको शिकार बन्दछ । यि रोगबाट बच्न जीवनशैलीमा सुधार र थोरै समय व्यायाममा दिए मानिस स्वस्थ्य हुन्छ । यस अलावा मानिस स्वस्थ्य र स्फुर्त रहन प्राणयाम गर्न पनि आवश्यक छ ।

प्राणायाम गर्न बिहानको समय सबभन्दा राम्रो मानिन्छ । स्वच्छ, खुल्ला, शान्त स्थानमा आसन लगाएर पलेंटी मारेर वा सादा पद्मासनमा छाती, घाँटी तथा मस्तिष्क तीनै एक लाइनमा सीधा राखी प्राणयाम गर्न सकिन्छ । यसकालागि मेरुदन्ड सीधा राख्नु पर्दछ ।

यसरी शुरु गर्नुहोस् प्राणायाम – छातीमा भरिएको श्वास नाकबाट विस्तार–विस्तारै बाहिर निकाल्नुहोस् । – श्वास निकाल्न जति समय लगाउनु भयो त्यसको एक चौथाई समयसम्म रोक्नुहोस् । – पुनः विस्तार–विस्तारै श्वास लिनुहोस् । – श्वास लिदाँ पेटदेखि फोक्सोसम्म पुर्ण रुपले हावा भर्नुहोस् । – अब बिस्तारै जति बेरसम्म श्वासलाई बाहिर रोकिएको छ त्यति नै समय भित्र रोक्नुहोस् । – यो क्रम पहिलो दिन ७ पटक र त्यस पछिका दिनमा दुई पटक बढाउदै जानुहोस् ।

माथिका प्रत्येक क्रियामा मन मनै ‘ॐ’ को जप गरिरहनुहोस् । ख्याल रहोस् कुम्भक त्यति बेलासम्म मात्रै गर्ने जति बेलासम्म सजिलैसँग रोक्न सकिन्छ । जबरजस्ती लामो समयसम्म कुम्भक गर्नाले लाभको बदला हानी पनि हुन सक्छ ।