धर्म / संस्कृति

सँधै खलनायक मानिने रावणका राम्रा गुण

By पुष्कर खतिवडा

October 27, 2021

हिन्दु धार्मीक शास्त्रहरुमा भगवान श्रीरामले रावणको वध गरेर सत्यको जित गरेको कथा छन् । यी कथाहरुले मानिसलाई सत्यका मार्गमा हिड्न शिक्षा प्रदान गर्दछ । रामको आचरण, व्यवहार र अभुतपूर्व बहादुरीले मानिसलाई सत्यको पथमा रहन प्रेरित गर्दछ । तर भगवान रामको वाहवाही भएका यिनै कथा वा प्रसंगहरुमा लकांपति रावण प्रति भने मानिसले सकारात्मक भावना जगाउन सक्दैनन् । के रावण साच्चै घृणाका पात्र नै थिए त ?

लकां नरेशले शासन गरेको क्षेत्र श्रीलंकाका नागरीकमा रावणका प्रति फरक मत छ । उनीहरु रावणलाई श्रद्धा गर्दछन् । उनिहरु रावणको पुजा त गर्दैनन् तर उनलाई एक शक्तिशाली योद्धा र आर्दश व्यक्तित्व मान्दछन् । श्रीलंकाले आफ्नो एक सेटेलाइटको नाम समेत रावणको नामबाट राखेको थियो ।

श्रीलंकामा सिंहल–बौद्ध धर्मका बहुसंख्यक मानिसको बसोबास छ । उनीहरु लामो समयदेखि वाल्मीकिको रचना महाकाव्य रामायणमा चित्रण गरीएको रावणको चरीत्रलाई असहज मान्दछन् । कतिपय त रावणलाई महान सिंहली राजाको रुपमा पनि मान्दछन् । उनिहरुको विश्वास अनुसार रावण पराजित हुनुमा भाई विभीषणको षड्यन्त्र र राम प्रतिको सहयोग थियो ।

रावणलाई आर्दश मान्नुमा यी हुन् कारण ? क) शिक्षा र युद्धमा निपुण रावणका पिता महान ऋषि विश्रवा र माता कैकेसी थीए । ऋषि विश्रवा सप्तर्षि मध्ये एक हुन् । त्यसबेलाको सम्मानित परिवारमा जन्म लिएका कारण रावण शिक्षा र युद्ध दुबै मामलामा अत्यन्त निपुण थिए । रावणका दश सिर थियो । जसलाई ज्ञानको उपहार मानिन्थ्यो । रावणमा हरेक मामलामा विशेषज्ञता हासिल थियो । तर्क–वितर्कमा अघि रहने रावणमा प्रशासनको समेत गहिरो ज्ञान थियो ।

ख) महान वैद्य पुराणका अनुसार, रावण महान वैद्य थिए । आयुर्वेदमा यस्ता सात पुस्तक छन् जसको रचना आज पनि रावणका नाममा रहेको छ । यसबाट थाहा पाउन सकिन्छ, रावण एक ज्ञानी वैद्य थिए । मान्यता अनुसार रावणले आफ्नो पत्नीको अनुरोधमा साना बालबालिकाको आयुर्वेदिक उपचारमा एक पुस्तक लेखेका थिए । आर्युवेद, चिकित्सा अलावा रावणमा विज्ञानको पनि महारत हासिल थियो ।

ग) प्रविधीको ज्ञान रावण जस्तै उनको पुष्पक विमानको चर्चा समेत रामायणमा चर्चित छ । पुष्पक विमानमा नै रावणले सीताको हरण गरेको थियो । पौराणिक कथा अनुसार, पुष्पक विमानको अविष्कार स्वयम् रावणले नै गरेका थिए । रावणमा नयाँ नयाँ प्रविधी सिक्ने र दक्षता पाउने क्षमता थियो । उनी आफ्नो बुद्धिको उपयोग गरेर कैयौं सामाग्रीको आविस्कार गर्दथे ।

घ) शिवका परम भक्त रावण भगवान शिवको अत्यन्त ठुला भक्त हुन् । धार्मीकशास्त्रमा उल्लेख भए अनुसार भगवान शिवको उनी भन्दा परम भक्त अर्को छैन । उनी शिवलाई प्रसन्न पार्न कडा साधना गर्दथे । राक्षस योनीमा भएर पनि रावणको शिव भक्ति अन्यन्त सच्चा थियो । यही कारणले शिव उनीबाट प्रभावित थिए ।

ङ) महान राजाको गुण श्रीलंकामा रावणलाई आर्दश एवम् महान राजाको रुपमा मानिन्छ । आफ्नी बहिनीको सम्मानमा बदला लिने कोशिशमा उनले रामसंग दुस्मनी गरेका थिए । तथापी व्यक्तिगत बाहिरको जीवनमा रावण एक कुशल राजा थिए । उनले आफ्नो राज्यका कुनै पनि प्रजालाई दुखः दिएनन् । न त बिना कारण कसैलाई उनले प्रताडित गरे । लक्ष्मणद्वारा शूर्पनखाको नाक काटिएपछि बहिनीको बदला लिन रावणले गरेको बहादुरी कार्यका बावजुद उनलाई विश्वले राक्षस र नकारात्मक मानेको श्रीलंकाका नागरीक ठान्दछन् ।