समाचार

६७२ कोरोना संक्रमित थपिए, ८ को मृत्यु

By खबरहब

October 27, 2021

काठमाडौ‌–नेपालमा पछिल्लो २४ घण्टामा ६७२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ७ हजार १६७ जनाको पीसीआर परीक्षणमा ५८२ र २ हजार ३२८ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ९० जनामा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट ४९० जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।