साथीको हत्या आरोपित २ वर्षपछि पक्राउ

By खबरहब

October 27, 2021

काठमाडौँ– आफ्नै साथीको हत्यामा संलग्न रहेको आरोप लागेका एक आरोपित २ वर्षपछि पक्राउ परेका छन् ।

महानगरीय अपराध महाशाखाको प्रहरी टोलीले ललितपुरको च्यासलबाट बुधबार मकवानपुरको मकवानपुर गढी गाउँपालिका वडा नम्बर १ फुलबारीका २४ वर्षीय जय सिँगारलाई पक्राउ गरेको हो ।

उनीमाथि उदयपुरको कटारीका ३३ वर्षीय हरि खड्काको हत्यामा संलग्न रहेको आरोप छ । ललितपुरमा बस्दै आएका खड्काको २०७६ साल साउन २५ गते कुटपिट गरी हत्या गरिएको थियो । प्रहरीले सो घटनामा संलग्न रहेको आरोपमा यसअघि ५ जनालाई पक्राउ गरिसकेको छ। पछिल्लो पटक सिँगार पक्राउ परेका हुन् ।