श्रम/वैदेशिक रोजगार

दक्षिण कोरिया जाने नेपाली कामदारलाई बिदाइ (भिडियो)

By खबरहब

October 27, 2021

काठमाडौँ– कोरोना माहामारीका कारण कोरिया जान रोकिएका कामदारहरु कोरिया पठाउने प्रक्रिया सुरु भएको छ ।

वैदेशिक रोजगारीका लागि आकर्षक गन्तव्य मानिएको दक्षिण कोरियामा बुधबार कामदार पठाउन सुरु गरिएको हो । कोरोनाभाइरस संक्रमणका कारण जान नपाएका रोजगार अनुमति प्रणाली ईपीएस अन्तर्गत भाषा र सीप परीक्षा उत्तीर्ण गरेका श्रमिकहरु २० महिनापछि कोरिया जान सुरु गरेको बैदेशिक रोजगार विभागले जनाएको छ ।

पहिलो चरणमा ४८ जना श्रमिकहरु बुधबार कोरिया पठाएको वैदेशिक रोजगार विभागका महानिर्देशक दिपक काफ्लेले बताए। उनले कोरियामा गएर काम गरी नेपाल आएका कामदारहरु पुनः कोरिया पठाउनन थालिएको बताए ।

पहिलो चरणमा ५० जना पठाउँनु पर्नेमा प्राधिक कमजोरिका कारण ४८ जना मात्रै पठाउन लागिएको उनले जानकारी दिए । महानिर्देशक काफ्लेले कोरियाबाट कमिटेड वर्कर १ सय १९ मध्ये ४८ जनालाई पहिलो चरणमा पठाइएको बताए । उनले अन्य कामदारलाई पनि दुबै मुलुकबीच समन्वनय गर्दै अगाडि बढ्ने जनाए ।