देश/प्रदेश

बैतडीमा डुंगा पल्टिँदा दुई जना बेपत्ता

By खबरहब

October 27, 2021

धनगढी– बैतडीमा डुंगा पल्टिँदा दुई जना बेपत्ता भएका छन् । शिवनाथ गाउँपालिका १ खाँड घाटमा डुंगा पल्टिँदा दुई जना बेपत्ता भएको प्रहरीले जनाएको छ ।

डुंगामा १० जना सवार रहेकामा दुई जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक दर्शन खड्काले बताए । ‘कामको शिलशिलामा भारत जाने नेपालीलाई तार्ने क्रममा डुंगा पल्टिएको बुझिएको छ, उनले भने ।

प्रहरीका अनुसार आठ जना पौडी खेलेर ज्यान जोगाउन सफल भएका छन् । बेपत्ता हुनेहरूको पहिचान खुल्न सकेको छैन । घटनाको थप विवरण आउन बाँकी रहेको निरीक्षक खड्काले बताए ।