समाचार

२६ पत्रकारलाई घुम्ती सेवामार्फत प्रेस पास

By खबरहब

November 27, 2021

मुगु – कर्णालीमा सञ्चार घुम्ती सेवामार्फत् २६ जना पत्रकारलाई प्रेस पास वितरण गरिएको छ ।

मुगुका २०, जाजरकोटका पाँच र जुम्लाका एक पत्रकारलाई प्रेस पास वितरण गरिएको सूचना तथा प्रसारण विभागका अधिकृत केशव शर्माले जानकारी दिए ।

उनका अनुसार जिल्लामै अनलाइन पनि दर्ता भएका छन् । सूचना तथा प्रसारण विभागको आयोजना र नेपाल पत्रकार महासंघ मुगु शाखाको सहकार्यमा तीन दिने घुम्ती शिविर सदरमुकाम गमगढी बजारमा सञ्चालन गरिएको थियो ।

दुर्गम जिल्लामा कार्यरत सञ्चारकर्मीको क्षमता अभिवृद्धि र लेखन वृद्धि समाचार सम्पादन संकलन अन्तर्वार्ता लगायत विभिन्न विषयमा प्रशिक्षण दिइएको प्रशिक्षक डा. विजय प्रसाद मिश्रले बताए ।