फाइल तस्वीर

खेलकुद

‘ए’ डिभिजन लिगमा दुई खेल हुँदै, को-को भिड्दैछन् ?

By खबरहब

November 27, 2021

काठमाडौँ – सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा च्यासल युथ क्लब र एपीएफ क्लब भिड्ने भएका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसो १ बजे हुने आजको पहिलो खेलमा यी दुई टोली भिड्न लागेका हुन् ।

जारी प्रतियोगितामा च्यासल तालिकाको पुछारमा रहेको छ भने एपीएफ ११ औं स्थानमा रहेको छ ।

आजको दोस्रो खेलमा मनाङ मर्स्याङ्दी क्लब र हिमालयन शेर्पा क्लबबीच पौने ५ बजे प्रतिस्पर्धा हुनेछ ।

आठ पटकको विजेता मनाङ ३ अंक जोडेर छैटौं स्थानमा रहेको छ भने हिमालयन १ अंक जोडेर सातौं स्थानमा छ ।