Portugal's forward Cristiano Ronaldo celebrates after scoring a goal during the Euro 2020 qualifier group B football match between Portugal and Luxembourg at the Jose Alvalade stadium in Lisbon on October 11, 2019. (Photo by CARLOS COSTA / AFP)

खेलकुद

पोर्चुगल र इटालीमध्ये एक टिमले मात्रै विश्वकप २०२२ मा खेल्ने

By खबरहब

November 27, 2021

काठमाडौँ- कतारमा सन् २०२२ मा आयोजना हुने फिफा विश्वकपमा इटाली र पोर्चुगलमध्ये एक टिमले मात्रै सहभागिता जनाउने भएका छन् ।

शुक्रबार भएको युरोपियन प्लेअफको समूह विभाजनमा युरो विजेता इटाली र पोर्चुगल एकै समूहमा परेका छन् । प्लेअफको समूह विभाजन अनुसार इटाली र पोर्चुगल समूह ‘सी’ रहेका छन् । यस्तोमा अब एक राष्ट्रले मात्र विश्वकप खेल्ने तय भएको छ ।

खेल तालिका अनुसार प्लेअफको पहिलो खेल जित्ने टोलीले फाइनलमा प्रतिस्पर्धा गर्नेछन् ।

इटालीले प्लेअफको पहिलो खेलमा नर्थ म्यासेडोनियाविरुद्ध खेल्नेछ । क्रिस्टियानो रोनाल्डोको पोर्चुगलले टर्कीको सामना गर्नेछ ।

यस्तै प्लेअफको समूह ‘ए’ मा वेल्स, स्कटल्याण्ड, युक्रेन र अष्ट्रिया रहेको छ  । समूह ‘बी’ मा रुस, पोल्यान्ड, स्विडेन र चेक गणतन्त्र छ ।