बलिउड/हलिउड

अमेरिकी संगीतकार स्टेफेनको निधन

By खबरहब

November 27, 2021

लसएञ्जल्स(बीबीसी)– अमेरिकी संगीतकार तथा गीतकार स्टेफेन सण्डहेमको ९१ वर्षको उमेरमा निधन भएको छ । उनका वकिलले स्टेफेनको शुक्रबार कनेक्टिकटस्थित रक्सबरीमा निधन भएको बताएका छन् ।

उनले आफ्नो करियरमा ‘कम्पनी’, ‘फोलिस एण्ड ए लिटिल नाइट म्यूजिक’ जस्ता गीतहरु लेखेका थिए । उनले ‘वेस्ट साइड स्टोरी’का लागि गीत पनि लेखेका थिए ।

न्यूयोर्कमा जन्मिएका यी संगीतकारले आठ ‘ग्रामी अवार्ड’, नौ ‘टोनी अवार्ड’, एक ‘एकेडेमी अवार्ड’ जितेका थिए । उनले विश्वप्रतिष्ठित ‘पुलित्जर पुरस्कार’ पनि पाएका छन् ।