फाइल फोटो

राजनीति

एमाले महाधिवेशन : घनश्याम भूसाल उपाध्यक्षमा उठ्ने

By खबरहब

November 27, 2021

चितवन- नेकपा एमालेका उपमहासचिव घनश्याम भूसालले उपाध्यक्षमा उम्मेदवारीको घोषणा गरेका छन् ।

चितवनमा जारी १०औँ महाधिवेशनमा शनिवार उनले उम्मेदवारीको घोषणा गरेका हुन् । उनले आफ्नो सामाजित सञ्जाल फेसबुकमार्फत उम्मेदावरीको घोषणा गरेका छन् ।

उनले दलाल पुँजीको अन्त्य र राष्ट्रिय पुँजीको विकास गर्दै समाजवादको तयारी गरौं, सामुहिकता, विधि र विचारसहित नेकपा एमालेको पुनरोदय गरौँ भन्दै उम्मेदवारी दिने घोषणा गरेका छन् ।