राजनीति

पदाधिकारी र केन्द्रीय सदस्यको संख्या बढाउने प्रस्ताव बन्दसत्रबाट पारित

By खबरहब

November 27, 2021

चितवन– गत महिना भएको एमालेको विधान महाधिवेशनले पारित गरेको विधान संशोधन हुने भएको छ । चितवनमा जारी १० औँ महाधिवेशनको बन्दसत्रले। केन्द्रीय कमिटी तथा पदाधिकारी बढाउने प्रस्ताव पारित गरेसँगै विधान संशोधन हुने भएको हो। नयाँ व्यवस्था अनुसार अब एमालेको केन्द्रीय कमिटी ३०१ सदस्यीय हुनेछ । जसमा १९ जना पदाधिकारीहरु रहनेछन् ।

शुक्रबार राति बसेको केन्द्रीय कमिटीको अन्तिम बैठकले केन्द्रीय सदस्यको संख्या बढाउने निर्णय गरेको थियो । विधान महाधिवेशनले २२५ सदस्यीय केन्द्रीय कमिटी रहने व्यवस्था गरेको थियो । त्यसमा अब ७६ जना थप्ने निर्णय भएको हो ।

यस्तै, पदाधिकारी संख्या १५ बाट १९ पुर्‍याइएको छ । उपाध्यक्षमा दुई र उपमहासचिवमा दुई जना थपिने भएको हो । यस्तै बन्दसत्रले ९९ सदस्यीय पोलिटब्यूरोको प्रस्ताव पनि पारित गरेको छ ।

नेताहरुको व्यवस्थापनका लागि पदाधिकारी र केन्द्रीय सदस्यको संख्या थपिएको हो । सर्वसम्मत बनाउने चर्चा चले पनि भीम रावलले अध्यक्षमा र अरु नेताहरुले विधिन्न पदमा उम्मेदवारी घोषणा गरेर मत मागिरहेका छन् ।

शनिबार निर्वाचन आयोगले निर्वाचन कार्यक्रम सार्वजनिक गर्ने भनिए पनि शनिबार निर्वाचन कार्यक्रम सार्वजनिक गरिएन ।