राजनीति

कांग्रेस नुवाकोटको सभापतिमा महत विजयी

By खबरहब

November 27, 2021

न्वाकोट– नेपाली कांग्रेसको नुवाकोटको जिल्ला सभापतिका लागि भएको निर्वाचनमा रमेशकुमार महत विजयी भएका छन् । सभापतिसहित सात पदाधिकारीमा महत प्यानल नै विजयी भएको छ ।

सभापतिमा निर्वाचित महतले ८३३ तथा उनका निकटतम प्रतिद्वन्द्वी डा केदारनरसिंह केसीले ८२३ मत प्राप्त गरे ।

उपसभापतिमा महत प्यानलकै सन्तमान तामाङ र राजु थापा, सचिवमा बैकुण्ठ मिश्र र श्रीराम श्रेष्ठ तथा सहसचिवमा उत्तम पाठक र यादवप्रसाद नेपाल विजयी भएका छन् । शुक्रबार भएको मतदानको शनिबार परिणाम घोषणा भएको हो । जिल्ला सदस्यको मतगणाना भने जारी छ ।

सभापतिमा विजयी महत डा रामशरण महतका भतिजा हुन् भने उनका प्रतिस्पर्धी डा केसी अर्जुननरसिंह केसीका भाइ हुन् । केन्द्रमा अर्जुननरसिंह केसी र रामशरण महत एउटै पौडेल समूहमा छन् भने रामशरणका भाई प्रकाशशरण देउवा समूहमा छन् । तर जिल्लामा भने महत दाजुभाई मिलेका छन् ।