आर्थिक

अस्मिता बहुउद्देश्यीय सहकारीको पाँचौ साधारणसभा

By खबरहब

November 27, 2021

काठमाडौँ–अस्मिता बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको शनिबार काठमाडौँमा पाँचौ वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारण सभाले लेखा परीक्षण प्रतिवेदन, कोषाध्यक्ष जानकी आचार्यले पेश गरेको वार्षिक आयव्यय प्रतिवेदन पारित गरेको छ ।

यस्तै अध्यक्ष पार्वती थापाले आगामी आर्थिक वर्षको कार्ययोजना प्रस्तुत गरेकी थिइन् । सो कार्ययोजना पनि साधारण सभाले पारित गरेको छ । यो सहकारी बहुउद्देश्यीय भएकाले कृषि उत्पादन र त्यसको बजारीकरणमा जोड दिने कार्यक्रमहरु समेटिएको छ ।

संस्थाले हाल एस मिट मार्ट पनि सञ्चालन गर्दै आएको छ । संस्थाले सेवा सेन्टर विस्तार गर्ने योजना पनि बनाएको छ । साधारण सभा राष्ट्रिय सहकारी बोर्ड सञ्चालक सदस्य ईश्वरीप्रसाद पाण्डेको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।