खेलकुद

लेस्टर सिटी पराजित

By खबरहब

December 27, 2021

काठमाडौँ – इंग्लिस प्रिमियर लिग फुटबलमा लेस्टर सिटीलाई म्यानचेस्टर सिटीले पराजित गरेको छ ।

इतिहाद स्टेडियममा आइतबार राति भएको खेलमा म्यानचेस्टरले लेस्टरलाई ६-३ गोल अन्तरले हराएको हो ।

यस जितसँगै म्यानचेस्टर सिटीले शीर्ष स्थानमा ६ अंकको अग्रता बनाएको छ। शीर्ष स्थानको सिटीले १९ खेलमा ४७ अंक जोडेको छ ।

दोस्रो स्थानको लिभरपुलको ४१ अंक रहेको छ । लेस्टर २२ अंक जोडेर दशौँ स्थानमा रहेको छ ।