फाइल फोटो

आर्थिक

सुनको मूल्यमा सामान्य वृद्धि, चाँदीको घट्यो

By खबरहब

December 27, 2021

काठमाडौँ-  साताको दोस्रो दिन सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला ९३ हजार १०० रुपैयाँ कायम भएकोमा आज १०० रुपैयाँले बढेर प्रतितोला ९३ हजार २०० रुपैयाँ कायम भएको हो ।

तेजाबी सुन प्रतितोला ९२ हजार ७०० रुपैयाँ कायम भएको छ ।

सोमबार चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले घटेको छ । सोमबार चाँदीको मूल्य प्रतितोला एक हजार २५० रुपैयाँ कायम भएको छ । आइतबार चाँदी प्रतितोला एक हजार २६० रुपैयाँ कायम भएको थियो ।