अवार्ड

सेलिब्रेटी र मोडलको सहभागितामा ‘नेपाल फेशननिस्टा’

By खबरहब

December 27, 2021

काठमाडौं–नेपालका सेलिब्रेटी र मोडलहरुको उपस्थितिमा पोखरामा ‘नेपाल फेशननिस्टा २०२२’ हुने भएको छ । एएसएपी इन्टरटेन्मेन्टले आयोजना गर्न लागेको यो कार्यक्रम आगामी माघ १ गते हुनेछ ।

कार्यक्रममा अभिनेत्री नीता ढुंगाना, मोडल तथा नृत्यांगना एञ्जल श्रेष्ठ, सन्तोष अधिकारी, दीपक घिमिरे, दिकपाल कार्कीलगायतका सेलिब्रेटी र मोडलहरुले विभिन्न फेसनका डिजाइनका साथ र्‍याम्प नाप्नेछन् ।

आयोजकले यसअघि सन् २०१९ मा अस्ट्रेलियाको सिड्नीमा ‘सिड्नी फेशनिस्टा–२०१९’ आयोजना गरेको थियो । पोखराको कार्यक्रममा सुपी रसाइली, तेजमाया पुन, सम्झना गुरुङको ड्रेस डिजाइन रहनेछ । कार्यक्रमको कोरियोग्राफी दिकपाल कार्कीले गर्नेछन् ।