समाचार

सोलुखोला दूधकोशी हाइड्रोपावरमा पाइप पड्किँदा दुई जनाको मृत्यु

By खबरहब

December 27, 2021

सोलुखुम्बु- सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका–११ र थुलुङ दूधकोशी गाउँपालिका–३ पञ्चनमा निर्माणाधीन एक हाइड्रोको पाइप पड्किँदा दुई कामदारको ज्यान गएको छ ।

८६ मेगावाट क्षमताको सोलुखोला दूधकोशी हाइड्रोपावरमा पाइप पड्किँदा दुई कामदारको ज्यान गएको प्रहरीले जनाएको छ । अर्का एक जना गम्भीर घाइते भएका छन् ।

फलामको पाइपमा पानी हालेर परीक्षण गर्ने क्रममा आइतबार अपरान्ह पाइप पड्किएर बेहोस भएका दुई जनाको ओखलढुङ्गाको मिसन अस्पताल पुर्‍याउनेवित्तिकै चिकित्सकले मृत घोषणा गरेको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी गणेशविक्रम शाहीले जानकारी दिए ।

घटनामा हाइड्रोपावरमा काम गर्ने अछामका २६ वर्षका सुवासराज रेग्मी र काभ्रेका २९ वर्षका अर्जुन थापाको ज्यान गएको हो ।

घाइते एक जनाको ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ ।