राजनीति

माओवादी महाधिवेशन : अन्तरिम विधान प्रस्तुत गरिँदै

By खबरहब

December 27, 2021

काठमाडौँ-  नेकपा माओवादी केन्द्रको जारी महाधिवेशनको बन्दसत्रमा स्थायी समिति सदस्य देव गुरुङले अन्तरिम विधान प्रस्तुत गर्न थालेका छन् ।

आइतबार शुरु भएको महाधिवेशनको बन्दसत्रमा सोमबार अपरान्हबाट गुरुङले विधान मस्यौदा (अन्तरिम विधान) प्रस्तुत गरिरहेका हुन् ।

यसअघि सोमबार नै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वैचारिक तथा राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए । उनले करिब सवा दुई घण्टा लगाएर राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका हुन् ।

प्रचण्डले राजनीतिक प्रतिवेदन प्रस्तुत गरिसकेपछि गुरुङले केन्द्रीय समितिले तयार पारेको विधान विधान मस्यौदा प्रस्तुत गर्न थालेका हुन् ।

यसअघि नै प्रतिनिधिलाई सो मस्यौदा बाँडिएको थियो । दुवै प्रतिवेदनलाई समूहमा छलफल गरेर  संशोधन गर्दै पारित गर्ने माओवादीले जनाएको छ ।