राजनीति

नेपाली कांग्रेसको १६ जिल्ला अधिवेशन पुस २७ मा हुने

By खबरहब

December 27, 2021

काठमाडौँ– नेपाली कांग्रेसको जिल्ला अधिवेशन हुन बाँकी १६ जिल्लाको अधिवेशन यही पुस २७ गते हुने भएको छ ।

कांग्रेसको निर्वाचन समितिले सोमबार एक सूचना जारी गरी पुस २७ गते अधिवेशन गर्ने मिति तोकेको छ ।

महाधिवेशन सम्पन्न भइसकेपछि ती जिल्लाको अधिवेशन हुन लागेको हो । सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, बाँके, कैलाली, अछाम र नवलपुर जिल्लाको अधिवेशन पुस २७ मा हुने निर्वाचन समितिले जनाएको छ ।