ठूलो परिणाममा लागू औषधसहित एकजना पक्राउ

By खबरहब

December 27, 2021

काठमाडौँ– बाँकेको नेपालगञ्जबाट ठूलो परिणाममा लागू औषधसहित एकजना पक्राउ परेका छन् ।

नेपालगञ्ज उपमहानगरपालिका १५ स्थित ईलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको प्रहरी टोलीले चेकजजाँच गर्ने क्रममा कैलाली लम्किचुवा नगरपालिका ४ का २४ वर्षीय कर्ण बोगटीलाई लागू औषधसहित पक्राउ गरेको हो ।

उनले भारतबाट फेनिरामाइल एभिल २१५ पिस, नाईट्रोभेट १० पिस र ट्रामाडोल २१० पिस ल्याउन लागेका थिए ।

प्रहरीले उनीमाथि थप अनुसन्धान भइरहेको छ ।