फाइल फोटो

देश/प्रदेश

गण्डकी प्रदेशसभाको बैठक अनिश्चितकालका लागि स्थगित

By खबरहब

April 28, 2021

काठमाडौँ– गण्डकी प्रदेशसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध सभामा दर्ता भएको अविश्वासको मतदान हुने समयमा जनमोर्चा नेपालका सांसद खिमविक्रम शाही सम्पर्कविहिन भएको र उनको खोजी गर्न सचेतक पियारी थापाले प्रदेसभामा निवेदन दिएको भन्दै बैठक स्थगित गरिएको हो ।

यसअघि मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्तावका विषयमा मतदानका लागि साढे ४ बजे बैठक बोलाइएको थियो । तर अन्तिममा जनमोर्चा सांसद सम्पर्कविहीन भएको भन्दै सभिवालयमा निवेदन परेपछि बैठक अनिश्चितकालका लागि स्थगित भएको हो ।