लेडिज फिङ्गर एण्ड कर्ड ग्रेवी बनाउने तरिका

By खबरहब

September 28, 2021

आवश्यक सामग्री :

आधा किलो रामतोरिया सफा गरि १ इन्चको टुक्रा काट्नु, तेल १०० ग्राम, १०० ग्राम दही चिनी नभएको, २५ ग्राम जिरा गेडा, काँचो नरिवल १०० ग्राम, १०० ग्राम प्याज मसिनो काट्नु, १०० ग्राम गोलभेडा मसिनो काट्नु, १/१ चियाचम्चा जिरा धनियाँ धुलो, आधा आधा चियाचम्चा बेसार खोर्सानी धुलो, एक चौथाई चियाचम्चा गरम मसला र २ मुठा धनिया काटेको, नुन इच्छा अनुसार ।

बनाउने तरिका :

तेल तताई जिरा गेडा, रामतोरिया फ्राई गरी निकाल्नु । अब काटेको प्याज गोलभेडा नरिवल मिक्सचरमा पिन्नु, बाँकी भएको तेलमा पिँधेको प्याज फ्राइ गर्नु र पानी सुकेपछि दही राम्रोसँग फिटी पहिला लसुन, अदुवा अन्य मसला फ्राइ गरेको रामतोरिया राखी १०/१५ मिनेट आवश्यक पानी राखी खान दिनु तयार भयो ।

साभार : सजिलो कुकिङ पुस्तकबाट